छ महिलासहित ४६ जनाले गरे रक्तदान

भरतपुर । चितवन अटोमोवाइल्स एसोसिएसनको ३२औँ स्थापना दिवसको अवसरमा अटोमोवाइल्स एसोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भरतपुर–१०, चौबिसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
चितवन अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष कुलबहादुर क्षेत्री र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्लेको संयुक्त अध्यक्षता एवम् भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा छ महिलासहित ४६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष भीमलाल न्यूरे, चितवन अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष रामबहादुर तिमिल्सिना, चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष राजन पिया, जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी निरीक्षक निलम तामाङ, ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष एकराज बुर्लाकोटी लगायतको उपस्थिति रहेको थियो ।
चितवन अटोमोवाइल्स एसोसिएसनका तृतीय उपाध्यक्ष देवीप्रसाद बरालले संयोजन गरेको कार्यक्रम चितवन अटोमोवाइल्स एसोसिएसनका सचिव मोहन केसीले सञ्चालन गरेका थिए ।