मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन घाइते

केशव

जेष्ठ १७, २०८१

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१३, अमेलियास्थित भित्री सडकखण्डमा मोटरसाइकलले साइकलमा ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

बूढीकुलोबाट टाँडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३प ३६१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार दुई जना र मोटरसाइकल चालकसमेत तीन जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक रत्ननगर–१२, जमुनापुर बस्ने २६ वर्षीय विजय तामाङ, साइकल चालक मकवानपुर घर भई रत्ननगर–१३, डेरा गरी बस्ने ४० वर्षीय सागर तामाङ र साइकलपछाडि सवार सोही ठाउँ बस्ने सुनिता दवाडी रहेका छन् ।

घाइतेमध्ये दवाडीको अवस्था गम्भीर रहेको र तीनै जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।