हाइस र अटो एकापसमा ठक्कर खाँदा अटो चालक गम्भीर

केशव

असार १, २०८१

share this:

चितवन । भरतपुर महानगरपालिका वडा नं–७, क्यान्सर अस्पतालको एक नम्बर गेटअगाडि हाइस र अटो एकापसमा ठक्कर खाँदा अटो चालक गम्भीर घाइते भएका छन् ।

भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना १ ज ८७६९ नम्बरको हाइस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ६७२५ नम्बरको अटो एकापसमा ठक्कर खाई दुर्घटना हुँदा अटो चालक भरतपुर–११, नौरङ्गे बस्ने ४३ वर्षीय कृष्ण नेपाली गम्भीर घाइते भएका छन् ।

घाइते नेपालीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन र हाइस चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।