पश्चिम चितवनको मेघौली क्षेत्रमा आतंक मच्चाइरहेको बाघ नियन्त्रणमा
जेष्ठ ८, २०८१
चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) को तेस्रो तलाबाट खसेका एक वृद्धको मृत्यु भएको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।
बिहीबार बिहान १०ः४० बजेको समयमा तेस्रो तलाको झ्यालबाट खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार झ्यालबाट खसेर घाइते भएका मगरको सोही अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको हो ।
पिसाब थैलीमा क्यान्सर देखिएपछि साउन २ गते अस्पतालमा भर्ना भई उपचार गराइरहेका मगर दृष्टिविहीनको समस्याका कारण बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खसेको प्रहरीले जनाएको छ ।