देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री
चैत्र २८, २०८०

चितवन । संविधानसभा सदस्य एवं नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एमाले) को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
अधिवक्तासमेत रहेका पोखरेल चितवन–२ बाट एकपटक संविधानसभा सदस्य र अर्कोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्वसांसद् हुन् ।
उनी नेकपा (एमाले) चितवनका पूर्वअध्यक्षसमेत हुन् । चितवनको पिछडिएको भूगोल इच्छाकामना गाउँपालिकाको विकासमा पोखरेलको भूमिका रहेको पाइन्छ ।