प्रजातन्त्रवादी कर्मचारी युनियन रत्ननगरमा अर्याल

केशव

माघ १०, २०८१

share this:

रत्ननगर । प्रजातन्त्रवादी कर्मचारी युनियन रत्ननगर नगरपालिकाको अध्यक्षमा लीलानाथ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै, उपाध्यक्षमा रन्जना पौडेल, समावेशी उपाध्यक्षमा क्षेत्रबहादुर गुरूङ, सचिवमा गोविन्दप्रसाद शर्मा, सहसचिवमा दुर्गा श्रेष्ठ, कोषाध्यक्षमा नरहरि श्याम शर्मा चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा वासुदेव सापकोटा, केशवबाबु पौडेल, सुदीप घिमिरे, डिम्बेश्वरी पौडेल, कृष्णप्रसाद उपाध्याय, सुरज गुरूङ र गोविन्दप्रसाद ढकाल चयन भएका छन् ।

कार्यबाहक अध्यक्ष डिम्बेश्वरी पौडेलको अध्यक्षता एवं निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष वासुदेव सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, निवर्तमान अध्यक्ष शालिग्राम पौडेल, जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।