मानवअधिकार तथा शान्ति समाजको विद्यालयस्तरीय कार्यक्रम

केशव

माघ १४, २०८१

share this:

भरतपुर । मानवअधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा २७ औँ राष्ट्रिय परिषद् बैठकको पूर्वसन्ध्यामा सप्ताहव्यापी विद्यालयस्तरीय ‘विकासको अधिकार अहरणीय अधिकार तथा जलवायु परिवर्तन’सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

पारिजात इङ्लिस बोर्डिङ स्कुल चोकबजार, कृष्णपुर मावि भरतपुर, अरुणोदय मावि गीतानगर, किरण अमरजङ्ग गुरुङ मावि भरतपुर र भरतपुर माविमा कार्यक्रम गरिएको हो ।

शान्ति समाज चितवनका सभापति पूर्णचन्द्र चापागाईं र उपसभापति जीवन केसीले पारिजात इङ्लिस बोर्डिङ स्कुल चोकबजार र अरुणोदय मावि गीतानगरमा सहजीकरण गरेका थिए । कार्यक्रममा पारिजात माविका प्रमुख मार्कण्डेय खनाल, शिक्षक सन्तोष आचार्य, कार्यसमिति सदस्य कृति चौधरीलगायतको सहभागिता रहेको थियो ।

यस्तै, अरूणोदय मावि गीतानगरका सहायक प्रधानाध्यापक रमेश अधिकारीले समाजले गरेका कार्यहरूको प्रशंसा गरे । कार्यक्रममा शिक्षक कुमार राउतलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, कृष्णपुर माविमा भएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज चितवन शाखा सभापति चापागाईले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा कृष्णपुर माविका प्राचार्य टंकप्रसाद न्यौपानेले समाजले गरेका कामहरूको बारेमा प्रशंसा गर्दै समाजमा पारेको प्रभाव समेतमा जानकारी गराएका थिए । सो अवसरमा शिक्षिका मोती कँडेल, जानुका न्यौपाने, शान्ति समाज चितवन शाखा कार्यसमिति सदस्य कृति चौधरीलगायतको सहभागिता रहेको थियो ।

यस्तै, किरण अमरजङ्ग गुरूङ माविमा शान्ति समाजका केन्द्रीय सदस्य तथा विद्यालय प्राचार्य विनोद अधिकारी र भरतपुर माविमा शान्ति समाज चितवनका निवर्तमान कोषाध्यक्ष तथा विद्यालय शिक्षिका तारा पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।