मोटरसाइकल दुर्घटनामा चालक गम्भीर घाइते

केशव

जेष्ठ १३, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१५, मंगलपुर चोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना १६ प ५९३ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक भारत घर भई हाल भरतपुर–१८, चनौली बस्ने २२ वर्षीय रोहित दास घाइते भएका हुन् ।

टाउकोमा भित्री चोट लागी गम्भीर घाइते भएका दासको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय, फूलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।