नेपाली सेनाको गोली लागेर मकुनाको मृत्यु
माघ २५, २०८१
कालिका । कालिका नगरपालिका वडा नं–५, सिंह चोकस्थित भित्री सडकखण्डमा हाइलक्स गाडी र म्याजिक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
पदमपुरबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश ०१–०२३ च ४२२३ नम्बरको हाइलक्स गाडी र गडुवालबाट सिंह चोकतर्फ आउँदै गरेको ना १ ज २५८५ नम्बरको म्याजिक एक–आपसमा ठक्कर खाँदा म्याजिक चालक कालिका–४ बस्ने ४० वर्षीय चित्र महतो र सोही म्याजिकमा सवार कालिका–५ बस्ने ५१ वर्षीया दीपा रानामगर घाइते भएका हुन् ।
दुवै घाइतेको एलाइभ हस्पिटल, भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन तथा हाइलक्स गाडीका चालक भरतपुर–११ बस्ने ३४ वर्षीय रवि अधिकारी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।