दुई स्कुटर एकापसमा ठोक्किँदा दुई घाइते

केशव

चैत्र १३, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–७, अन्नपूर्ण चोकमा दुई स्कुटर एकापसमा ठक्कर खाइ दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेश ०३–००४ प ३०३१ नम्बरको स्कुटर र लु ५० प २२९३ नम्बरको स्कुटर ठक्कर खाइ दुर्घटना हुँदा ३०३१ नम्बरका स्कुटर चालक भरतपुर–७ बस्ने ३६ वर्षीया मुना अमगाईं र सोही स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ६७ वर्षीया कमला अधिकारी घाइते भएका हुन् ।

दुवै घाइतेको नारायणी सामुदायिक हस्पिटल, भरतपुरमा उपचार भइरहेको र लु ५० प २२९३ नम्बरको स्कुटर चालक भरतपुर–२६ बस्ने ३० वर्षीय गौरव कँडेल उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।