अटोमा ठोक्किँदा स्कुटर चालक घाइते

केशव

जेष्ठ २३, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–२, टाँडी चोकमा अटोमा ठोक्किँदा स्कुटर चालक घाइते भएका छन् ।

न २ ह २०३९ नम्बरको अटोमा गलत दिशाबाट आएको ना २७ प ७८८७ नम्बरको स्कुटर ठोक्किँदा चालक रत्ननगर–१० बस्ने ४८ वर्षीय सविन बराल घाइते भएका हुन् ।

घाइतेको बकुलहर रत्ननगर अस्पतालमा उपचारपश्चात् थप पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन तथा अटो चालक रत्ननगर–१५ बस्ने ३० वर्षीय सुरेश मगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।