हाइस र अटो एकापसमा ठक्कर खाँदा अटो चालक गम्भीर
असार १, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पन्ध्रकिलोमा यात्रुबाहक बसले रोकिराखेको बलेरोलाई ठक्कर दिँदा बलेरो चालक घाइते भएका छन् ।
गौरबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४४२ नम्बरको यात्रुबाहक बसले बागमती प्रदेश ०६–००१ च ०८६५ नम्बरको बिग्रेर रोकिराखेको बलेरो गाडीलाई ठक्कर दिँदा उक्त बलेरो गाडी बा २ ख १९८४ नम्बरको रोकिराखेको डिब्बा ट्रकपछाडि ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बलेरो चालक लमजुङ घर भई हाल भरतपुर–११ बस्ने २५ वर्षीय आयुष घले घाइते भएका हुन् । घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार यात्रुहरूलाई अर्को बसमा गन्तव्यतर्फ पठाइएको र ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।