कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते

केशव

बैशाख ९, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१, निपनी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा कारको ठक्करबाट स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग ३ च ४९४९ नम्बरको कारले सोही दिशाबाट जाँदै गरेको ना ४३ प ७०६८ नम्बरको स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा ना ४३ प ७०६८ नम्बरको स्कुटर चालक रत्ननगर–७ बस्ने ५५ वर्षीय झौरा महतो, स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने ४९ वर्षीया पवि महतो र इलेक्ट्रिक स्कुटर चालक खैरहनी–१ बस्ने ३० वर्षीया नवीना महतो घाइते भएका हुन् ।

तीनै जना घाइतेको बकुलहर रत्ननगर अस्पताल, टाँडीमा उपचार भइरहेको र कार चालक तनहुँको भिमाद नगरपालिका वडा नं–७ बस्ने २९ वर्षीय सुजन अर्यालसहित तीनैवटा सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।