स्कुटरको ठक्करबाट बालक घाइते

केशव

बैशाख ३१, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, बेलटाँडीस्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट बालक घाइते भएका छन् ।

प्रदेश २–०३–०२० प २५८१ नम्बरको स्कुटरको ठक्करबाट रत्ननगर–९ बस्ने विजय चौधरीका पाँच वर्षीय छोरा आर्यन चौधरी घाइते भएका हुन् ।

घाइते बालकको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र स्कुटरसहित चालक रत्ननगर–९ बस्ने २० वर्षीया सम्झना चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।