भरतपुरमा वन डढेलो तथा अग्नि नियन्त्रण प्रशिक्षण कार्यक्रम सम्पन्न
चैत्र १, २०८०
इच्छाकामना । मंगलबार बेलुकी ६ः३० बजे इच्छाकामना गाउँपालिका वडा नं–७, दाहाखानीस्थित भ्यु रिसोर्टमा एक युवकको शव फेला परेको छ ।
१० जना साथीभाइसँग रमाइलो गर्न रिसोर्टमा पुगेका भरतपुर–२२ बस्ने २५ वर्षीय लोकेश महतो रिसोर्टभित्रको बारमा खाजा खाइ नुहाउन जान्छु भनी हिँडेको र धेरै समयपछि नफर्किएपछि स्वीमिङ पुलमाथि तैरिरहेको अवस्थामा फेला परेका थिए ।
महतोको उपचारका लागि पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा लगिएकोमा बुधबार बिहान १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।