मापसे गरेर कार चलाउँदा छ युवक घाइते
माघ १८, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–७, बाघमारा रोडमा रहेको अर्थ फ्लाइज होटलमा बास बसेका एक भारतीय नागरिकको मृत्यु भएको छ ।
यही जेठ १९ गते अर्थ फ्लाइज होटलमा बास बसेका ७५ वर्षीय सुदाखर रामदास कुलकढी र निजका श्रीमती सुनन्दा सुदाकर कुलकढी मंगलबार बिहान ७ः०० बजे सौराहास्थित राप्ती नदीमा डुङ्गा सफारी गर्नेक्रममा एक्कासि छाती दुखेर उपचारका लागि नयाँ मेडिकल कलेज (सिएमसी) लगिएकोमा बिहान १०ः५४ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
मृतकको शव बुधबार बिहान ५ः२० बजे मृतकका श्रीमती सुनन्दा सुदाकर कुलकढीले बुझिलगेको प्रहरीले जनाएको छ ।