कुरिनटार बजारमा पुरुषको शव फेला

केशव

जेष्ठ २१, २०८२

share this:

इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–४, कुरिनटार बजारनजिकै रहेको जोमजेद आलमको घरअगाडि एक पुरुषको शव फेला परेको छ ।

इच्छाकामना–४ कुरिनटार बजारनजिकै रहेको जोमजेद आलमको घरअगाडि पुरुष व्यक्तिको शव रहेको स्थानीयको सूचनाका आधारमा प्रहरी चौकी कुरिनटारबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा सडकमा मागी हिँड्ने नामथर, वतन नखुलेको अन्दाजी ४० वर्षको पुरुष व्यक्तिको शवको मुचुल्कापश्चात् पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाएको छ ।