चितवन पहिरो अपडेट : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन
असार २८, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–२, ओम साइराम हस्पिटलअगाडि पूर्वपश्चिम सडकखण्डमा कारको ठक्करबाट साइकलयात्री घाइते भएका छन् ।
बकुलहरबाट टाँडीतर्फ जाँदै गरेको बा १० च २२६७ नम्बरको कारको ठक्करबाट धादिङ ज्वालमुखी गाउँपालिका वडा नं–७ घर भई हाल रत्ननगर–६ सौराहास्थित रोयल दोहोरी साँझमा कार्यरत ३० वर्षीय सुवास परियार घाइते भएका हुन् ।
घाइते युवकको बकुलहर रत्ननगर अस्पतालमा उपचारपश्चात पुरानो मेडिकल कलेज (सिएमएस)। भरतपुरमा थप उपचार भइरहेको र उपचारमा रोयल दोहोरी साँझका साहु अविरल श्रेष्ठ संलग्न रहेका छन् । ठक्कर दिने कार फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।