पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली कांग्रेसका महामन्त्री थापाको जोड
पुस १७, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–४ स्थित ग्लोबल चोकमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका छन् ।
ना ५६ प ७५६७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर–१९ बस्ने २५ वर्षीय आकाश महत क्षेत्री र साइकल चालक भरतपुर–४ चिसापानी चोक बस्ने ६७ वर्षीय नरहरि चापागाईं घाइते भएका छन् ।
दुवै घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।