कन्टेनर ट्रकको ठक्करबाट पैदलयात्री युवक घाइते

केशव

माघ २१, २०८१

share this:

खैरहनी । खैरहनी नगरपालिका वडा नं–९, खुरखुरे चोकमा कन्टेनर ट्रकको ठक्करबाट पैदलयात्री युवक घाइते भएका छन् ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख २४५७ नम्बरको कन्टेनर ट्रकको ठक्करबाट पैदलयात्री झापाको विर्तामोड नगरपालिका वडा नं–१ बस्ने ३२ वर्षीय सन्तोष महतरा घाइते भएका हुन् ।

शरीरको विभिन्न भागमा चोट लागेका युवकको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र
कन्टेनर ट्रक तथा चालक पाल्पाको तानसेन नगरपालिका वडा नं–८ बस्ने ३५ वर्षीय धर्मबहादुर नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।