सिद्धि विनायक साकोसको अर्धवार्षिक समीक्षा

भरतपुर । भरतपुर–२, क्षेत्रपुरमा रहेको सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को अर्ध वार्षिक समीक्षा गरेको छ ।
संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा भएको समीक्षा कार्यक्रममा उनले आफूले गरेको कामको स्वमूल्याङ्कन आफैँले गर्नुपर्ने बताए । संस्थालाई अघि बढाउन सबैको योगदान उत्तिकै मह¤वपूर्ण रहेको बताउँदै संस्थालाई दिगो राख्न सबै जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।
कार्यक्रमका प्रमुखअतिथि तथा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले संस्थागत विकासका लागि सबैजना इमान्दार हुनुपर्ने बताए । संस्थाका पदाधिकारी, उपसमितिलगायत सबैले आ–आफ्नो जिम्मेवारी सही ढङ्गबाट गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै, संस्थाका व्यवस्थापक विकास पौडेलले आ.व. २०८१/०८२ को पुस मसान्तसम्मको संस्थागत गतिविधिको बारेमा जानकारी गराएका थिए । सो अवसरमा छलफललाई तीव्रता दिँदै समीक्षा पारदर्शी हुनुपर्नेमा जोड दिइएको थियो ।
संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव जयराम पाण्डेले सञ्चालन गरेका थिए ।
अर्धवार्षिक समीक्षामा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थामा हाल दुई हजार बढी सदस्यहरु आवद्ध रहेका छन् ।