एनएसजिएफको छैटौँ राष्ट्रिय सम्मेलन सौराहामा सम्पन्न
माघ १७, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१४, लमजुङ चोकस्थित ना ७ प ९५५ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–०४ प २०६९ नम्बरको स्कुटर ठोक्किँदा तीन जना घाइते भएका छन् ।
महेन्द्र चोकबाट दाहाल चोकतर्फ आउँदै गरेको मोटरसाइकल र घिमिरे चोकबाट पुल चोकतर्फ आउँदै गरेको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर–१४, शिवनगर बस्ने ७० वर्षीय ज्ञानबहादुर गुरूङ, सोही ठाउँ बस्ने निजका श्रीमती ६८ वर्षीया डम्बरकुमारी गुरूङ र स्कुटर चालक भरतपुर–१५ बस्ने ५६ वर्षीय माधव देवकोटा घाइते भएका हुन् ।
घाइते दम्पतीको देव हस्पिटल, भरतपुरमा र नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको छ । दुवै सवारीसाधन अस्थायी प्रहरी चौकी शिवनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।