मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालक घाइते

केशव

बैशाख २, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२० वडा कार्यालयअगाडि दुई मोटरसाइकल एकापसमा ठक्किएर दुर्घटना हुँदा दुई चालक घाइते भएका छन् ।

चनौलीबाट भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ३८८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३ प ३८३४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो ।

दुर्घटनामा ३८८२ नम्बरको मोटरसाइकल चालक भरतपुर–१८ बस्ने १९ वर्षीय महेश रानाभाट र ३८३४ नम्बरका मोटरसाइकल चालक रुपन्देहीको बुटवल–८ बस्ने ६० वर्षीय राजकुमार श्रेष्ठ घाइते भएका हुन् ।

दुवै चालकको पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा उपचार भइरहेको र दुवै मोटरसाइकल इलाका प्रहरी कायालय, चनौलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएकोे छ ।