ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु, एक घाइते

केशव

बैशाख १४, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–३, चितवन भ्यू टावर होटलअगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गमा वीरगन्जबाट दाङ जाँदै गरेको फलामको रड लोड भएको बागमती प्रदेश ०३–००१ ख १२७७ नम्बरको ट्रकले शान्ति चोकबाट टाँडीतर्फ आउँदै गरेको गण्डकी प्रदेश … ८४४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर–४, देबौली बस्ने १९ वर्षीय डेबिड दराई र रत्ननगर–२, टाँडी बस्ने १७ वर्षीय सचिन मगर घाइते भई भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेकोमा आइतबार बिहान २ः३१ बजे दराईको मृत्यु भएको हो ।

ट्रक र चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नं–९ बस्ने २४ वर्षीय नमनकुमार खनाल इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।