स्कुटर दुर्घटनामा युवक घाइते
माघ १५, २०८१
भरतपुर । भरतपुर भरतपुर महानगरपालिका वडा नं–१, पोखरा बसपार्कस्थित गौरेश्वर मन्दिरपछाडि नारायणी नदीमा बालिकाको शव फेला परेको छ ।
नारायणी नदीले शव बगाई ल्याएको जानकारी प्राप्त भएपछि तत्काल वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् व्यवस्थापनसहितको टोलीले नदीबाट बालिकाको शव निकालेको थियो ।
उक्त शव जेठ १५ गते तनहुँको देवघाट गाउँपालिका वडा नं–५, पीपलटारस्थित त्रिशूली नदीमा माछा मार्न जाँदा डुबेर बेपता भएकी सन्तोष गुरूङका छोरी ११ वर्षीया सृष्टि गुरूङको रहेको निजका काका नरबिक गुरूङले सनाखत गरेका छन् ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाएको छ ।