राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
बैशाख ११, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, वीरेन्द्र चोकमा म्याजिकको ठक्करबाट साइकलयात्री वृद्ध घाइते गम्भीर भएका छन् ।
ना १ ज ६००८ नम्बरको म्याजिकले साइकलयात्री लम्जुङको दर्जा गाउँपालिका वडा नं–५ घर भई हाल भरतपुर–२, क्षेत्रपुर सब्जी मण्डीमा काम गर्ने अन्दाजी ७० वर्षीय आइतसिंह गुरूङ गम्भीर घाइते भएका हुन् ।
घाइते वृद्धको भरतपुर सरकारी अस्पताल, भरतपुरमा उपचार भइरहेको र म्याजिक चालक तनहुँको भिमाद नगरपालिका वडा नं–२ बस्ने ३१ वर्षीय सुवास सुनार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।