नारायणी नदीमा महिलाको शव फेला

केशव

जेष्ठ २०, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं ४, रामघाटस्थित नारायणी नदीमा महिलाको शव फेला परेको छ ।

नारायणी नदीको बीच भागको टापुमा हाल नामथर, वतन नखुलेको अन्दाजी ४५ वर्षको जस्तो देखिने महिलाको शव फेला परेको हो ।

अस्थायी प्रहरी पोस्ट, शरणपुरबाट खटिएको प्रहरीले घटनास्थल मुचुल्कापश्चात् शवको पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाएको छ ।