प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने पक्राउ
जेष्ठ १२, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१०, वीरेन्द्र क्याम्पस चोकमा म्याजिकको ठक्करबाट गम्भीर घाइते भएका एक साइकलयात्री वृद्धको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ ।
ना १ ज ६००८ नम्बरको म्याजिकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री लमजुङको दर्जा गाउँपालिका वडा नं–५ घर भई हाल भरतपुर–२, क्षेत्रपुर सब्जी मन्डीमा काम गर्ने ७० वर्षीय आइतसिंह गुरूङको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
म्याजिक र म्याजिक चालक तनहुँको भिमाद नगरपालिका वडा नं–२ बस्ने ३१ वर्षीय सुवास सुनार जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।