मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक पुरुषको मृत्यु

केशव

जेष्ठ ४, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१४, नमस्ते चोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक पुरुषको मृत्यु भएको छ ।

गीतानगरबाट पटिहानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प २९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोड छेउमा रहेको पोलमा ठोक्किँदा गम्भीर घाइते पर्साको ठोरी–१ बस्ने ५५ वर्षीय गमबहादुर कुँवरको आइतबार बिहान १ः४० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल अस्थायी प्रहरी पोस्ट शिवनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।