सिमलताल घटना : ११ औँ दिनमा पनि बस र यात्रुको खोजी जारी
साउन ७, २०८१
भरतपुर महानगरपालिका वडा नं-९, भानु चोकस्थित भित्री सडकखण्डमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा स्कुटर चालक भरतपुर-३, कमलनगर बस्ने २० वर्षीैय सुरज मगर र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने १९ वर्षीया मिक्की लामा रहेका छन् ।
स्टेप बाइस्टेप बोर्डिङ स्कुलबाट भानु चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-०२ प २४३७ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
मगरको टाउकोमा चोट लागेको र लामा सामान्य घाईते भएको प्रहरीले जनाएको छ । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।