मोटरसाइकल पल्टिँदा युवती गम्भीर घाइते

केशव

जेष्ठ १७, २०८१

share this:

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–९, भानु चोकस्थित भित्री सडकखण्डमा नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलपछाडि सवार युवती गम्भीर घाइते भएकी छन् ।

रत्ननगर–४, देवौली बस्ने २३ वर्षीया सालु राउतको टाउकोमा गहिरो चोट लागी गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र उपचारमा निजका भतिज अमित राउत संलग्न रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् घटनास्थलबाट मोटरसाइकल फेला नपरेको र मोटरसाइकल चालक रत्ननगर–४ बस्ने २६ वर्षीय सागोर आलमलाई नियन्त्रणमा लिइएको र मोटरसाइकलका सम्बन्धमा बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।