अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

केशव

साउन १३, २०८१

share this:

भरतपुर । चितवन जिल्ला अदालतको २०६७ असार १ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् ।

चितवनको साबिक बघौडा गाविस वडा नं-६ (हाल माडी नगरपालिका वडा नं-३) बस्ने ६६ वर्षीय खावु भनिने शुकराम महतो पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय गीतानगर र इलाका प्रहरी कार्यालय माडीको विशेष पहलमा संयुक्तरूपमा खटिएको प्रहरी टोलीले यही साउन ११ गते अपरान्ह १२ः३० बजे निज महतोलाई भरतपुर महानगरपालिका वडा नं-२२ पटिहानीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका महतोलाई कैद तथा जरिवाना असुल गर्न आवश्यक कारबाहीको लागि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।