मैयाँदेवी कन्या कलेजमा स्वागत तथा सम्मान

केशव

साउन २६, २०८१

share this:

भरतपुर । मैयाँदेवी कन्या कलेजका छात्राहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कलेजका प्रिन्सिपल भोजराज न्यौपानेको सभापतित्व एवं सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्लस टु उत्तीर्ण गरेका छात्राहरुलाई बधाई तथा स्नातक तहमा अध्ययन गर्ने छात्राहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुखअतिथि पौडेलले कलेजमा अध्ययन गर्न इच्छुक छात्राहरुलाई संस्थापक संरक्ष्ँक स्व.मैया“देवी श्रेष्ठको परिकल्पनाअनुसार हरेक विधामा छात्रवृत्तिको व्यवस्था मिलाइएको बताए ।
उनले कलेजबाट नेपाल प्रथम हुनेलाई ५१ हजार रुपैया र चितवन जिल्ला प्रथम हुनेलाई २१ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा प्राध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सङ्काय प्रमुखहरुले छात्राको पठनपाठनको सन्दर्भमा आआफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुले कलेजमा अत्यन्त शान्त वातावरणका साथै पठनपाठन उत्कृष्ट रहेको भन्दै सञ्चालक समिति र प्राध्यापकहरुप्रति आभार व्यक्त गरेका थिए ।

कलेजका सहायक प्रिन्सिपल तेजप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रमको समापन गर्दै कलेजका प्रिन्सिपल न्यौपानेले छात्राहरुको सेवासुविधा र पठनपाठनका लागि कलेज परिवार अत्यन्त गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।