चितवन महोत्सवमा आइटी गोष्ठी : ‘व्यवसाय प्रवर्द्धनमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण’

भरतपुर । चितवन महोत्सवका अवसरमा आयोजित ‘उद्योग व्यवसाय प्रवर्द्धनमा सूचना प्रविधिको भूमिका तथा डिजिटल लिटरेसी’ विषयक सूचना प्रविधि गोष्ठी सम्पन्न भएको छ ।
सूचना प्रविधिका विद्यार्थी, आइटी विषय पढाउने कलेजका प्राध्यापक र उद्योग व्यावसायीको सहभागितामा उवासंघको चितवनको सभाहलमा गोष्ठी सम्पन्न गरिएको हो । गोष्ठीमा प्राडा ई. हरि भण्डारीले डिजिटल लिटरेसी र ई. कृष्ण पोख्रेलले व्यवसाय प्रवर्द्धनमा सूचना प्रविधिको भूमिकाका विषयमा प्रस्तुति दिएका थिए ।
गोष्ठीमा सहभागी विद्यार्थी र उद्योग व्यावसायीलाई भण्डारी र पोख्रेलले विविध विषयमा प्रशिक्षणात्मक प्रस्तुति दिएका छन् । उनीहरुले व्यवसाय प्रवर्द्धनमा सूचना प्रविधिको भूमिका मह¤वपूर्ण बन्दै गएको बताउँदै यसबाट व्यावसायीहरुले फाइदा लिनुपर्ने बताएका छन् ।
गोष्ठीमा भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधानलगायतको उपस्थिति रहेको थियो ।
गोष्ठीलाई चितवन महोत्सव सूचना तथा प्रविधि व्यवस्थापन समिति संयोजक सन्तोष जनक भुसालले संयोजन गरेका थिए भने उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन एवम् सहजीकरण गरेका थिए ।
कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनको प्रवर्द्धन गर्दै यस क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोग पु¥याउने उद्देश्यले आयोजित चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव २०८१ पुष २५ बाट सुरू भएको थियो भने माघ १० गतेसम्म चल्ने छ ।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठीलगायतका अतिरिक्त गतिविधिहरुसमेत भइरहेका छन् । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
महोत्सव बिहान १०ः०० बजेबाट बेलुका ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।