शैक्षिक प्रदर्शनीमा सैनिक महाविद्यालय पुरस्कृत

खैरहनी । सैनिक आवासीय महाविद्यालय चितवनले जिल्लास्तरीय शैक्षिक प्रदर्शनी प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।
सैनिक आवासीय महाविद्यालयले खैरहनी नगरपालिकाबाट जिल्लास्तरीय शैक्षिक प्रदर्शनी प्रतियोगितामा छनोट भई शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरले नारायणी नमुना माध्यमिक विद्यालयमा आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो ।
यस्तै, प्रदेशस्तरीय प्रतियोगिताको लागि छनोट भई शिक्षा विकास निर्देशनालय, हेटौँडामा सञ्चालित बागमती प्रदेशस्तरीय शैक्षिक प्रदर्शनी प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएको छ ।
सोमबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले प्रदेशस्तरीय प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकोमा महाविद्यालयलाई बधाईसहित २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेकी छन् ।
महाविद्यालयको सफलताका लागि अहोरात्र खटेर मह¤वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक तथा विद्यार्थीहरूलाई महाविद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।