बागमती राइजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश

केशव

माघ १७, २०८१

share this:

चितवन । बागमती युथ क्लब सर्लाही मिन्नानो राइजिङ भरतपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सरस्वती क्लब काठमाडौँलाई ४(० ले हराउँदै बागमतीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बागमतीलाई जिताउन राज भुसालले दुई तथा सनम धिताल र सुजन गुरुङले समान एक(एक गोल गरे । दुई गोल गरेका राज प्लेयर अफ द म्याच भए ।

बागमतीले अब उपाधिका लागि प्याराडाइज युथ क्लब रत्ननगरको सामना गर्नेछ । प्याराडाइज यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा आबुँखैरेनीलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल माघ १९ गते शनिबार दिउँसो २ः३० बजे हुनेछ ।

चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले तीन लाख प्राप्त गर्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए ।