भरतपुर–८ को विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने
बैशाख २४, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१२, जमुनापुर चोकस्थित भित्री सडकखण्डमा अटोको ठक्करबाट नामथर वतन नखुलेका एक पुरुष साइकलयात्री गम्भीर घाइते भएका छन् ।
जयमंगलाबाट खोलेसिमलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ प १६०८ नम्बरको अटोले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री नामथर वतन नखुलेको ५० वर्षको जस्तो पुरुष गम्भीर घाइते भएका हुन् ।
घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र अटो तथा चालक रत्ननगर–१२ बस्ने ५० वर्षीय पूर्णबहादुर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।