बागमती प्रदेश : सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु
साउन ८, २०८१
कालिका । कालिका नगरपालिका वडा नं–९, शेरबासस्थित सडकछेउको नालामा ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा दुई महिला घाइते भएका छन् ।
बुधबार दिउँसो १ः३० बजेको समयमा रिद्धिखोलाबाट शेरबासतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ त ३२८१ नम्बरको खाली ट्रयाक्टर सडकछेउको नालामा पल्टिँदा ट्रयाक्टरमा सवार कालिका–९ बस्ने ७० वर्षीया धनमाया चेपाङ र सोही ठाउँ बस्ने ५३ वर्षीया बरमाया चेपाङ घाइते भएका हुन् ।
दुवै घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको छ । ट्रयाक्टर घटनास्थलमै रहेको र ट्रयाक्टर चालक फरार रहेकाले खोज तलास कार्य भइरहेको प्रहरीले जनाएको छ ।