एसइईको परीक्षाफल सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण
असार १३, २०८१
इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–४, कुरिनटारस्थित पृथ्वीराजमार्गमा बसमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ९२७८ नम्बरको बसलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०१–०१८ प ७२०१ नम्बरको मोटरसाइकलले बायाँ साइडमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा मोटरसाइकल चालक धादिङको सिद्धलेक–४ बस्ने ४८ वर्षीय खड्ककुमार श्रेष्ठ र मोटरसाइकलपछाडि सवार काभ्रेको नमोबुद्ध–८ बस्ने ३६ वर्षीय कृष्णप्रसाद अधिकारी घाइते भएका हुन् ।
दुवै घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन र बस चालक पर्वतको कुस्मा–१४ बस्ने ३५ वर्षीय जीवन विक प्रहरी चौकी, कुरिनटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।