फिस्लिङ कार दुर्घटना : चालकको उपचारको क्रममा मृत्यु
जेष्ठ ३२, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२९, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा स्कुटर र ट्रक एकापसमा ठक्कर खाँदा स्कुटर चालक घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश ०२–०५५ प ७१०२ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ५६३७ नम्बरको ट्रक ठक्कर खाँदा स्कुटर चालक भरतपुर–१८ बस्ने २७ वर्षीय प्रदीप थापा घाइते भएका हुन् ।
घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र ट्रक चालक उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।