ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

केशव

बैशाख २, २०८२

share this:

खैरहनी । खैरहनी नगरपालिका वडा नं–९, सिमलटाँडी चोकस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको युपी ४० टी ३९५६ नम्बरको ट्रकले ना ४४ प १३५८ नम्बरको मोटरसाइकल चालक खैरहनी–१ बस्ने ६४ वर्षीय केशवबहादुर कर्माचार्यको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि पुरानो मेडिकल कलेज (सिएमएस), भरतपुरमा पठाइएकोमा आइतबार बेलुकी ७ः३५ बजे डाक्टरले चेकजाँच गरी मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार शवको मुचुल्कापश्चात् पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको र दुवै सवारीसाधन लिइएको छ । दुर्घटनापश्चात् फरार रहेका ट्रक चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।