नारायणगढ-मुग्लिन सडक दुर्घटनामा दुई जनाको मृत्यु
जेष्ठ १४, २०८१
खैरहनी । खैरहनी नगरपालिका वडा नं–५, रिजाल चोकस्थित भित्री सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
पर्साबाट कुमरोजतर्फ जाँदै गरेको प्रदेश ३–०३–००२ प १५७० नम्बरको मोटरसाइकलको ठक्करबाट विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्री खैरहनी–७ बस्ने २५ वर्षीया बिनम चौधरी र मोटरसाइकल चालक राप्ती–७ बस्ने १९ वर्षीय शेखर तामाङ घाइते भएका हुन् ।
दुवै घाइतेको पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरमा उपचार भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेकोे प्रहरीले जनाएको छ ।