अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालहरुमा बिरामी बढ्न थाले
बैशाख २२, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, नमस्ते चोकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुवै चालक घाइते भएका छन् ।
क्याम्पाचौरबाट क्षेत्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प ९८१९ नम्बरको स्कुटरलाई सोही दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०६–००३ प ८१८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक भरतपुर–२ बस्ने २४ वर्षीय प्रयास घिमिरे र मोटरसाइकल चालक इच्छाकामना गाउँपालिका वडा नं–३ बस्ने २४ वर्षीय को किशान चेपाङ घाइते भएका हुन् ।
दुवै घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।