सिमलताल दुर्घटना : बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किंदै
साउन १३, २०८१
भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१८, पवित्र चोकमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
टाउन बजारबाट गुञ्जनगरतर्फ जाँदै गरेको ना १५ प २७५१ नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्नेक्रममा पैदलयात्री भरतपुर–१८ बस्ने ७५ वर्षीय कोमल बगाले गम्भीर घाइते भएका थिए ।
घाइते वृद्धको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलसहित चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।