कालिका–१० मा पानीको मुहान संरक्षणबारे सचेतना

कालिका । चितवनको कालिका नगरपालिका वडा नं–१० मा स्वास्थ्य, समृद्ध र सुरक्षित परिवारको लागि समुदायमा जनचेतनामूलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस) गैरसरकारी संस्थाले कालिका–१० का महिला स्वास्थ्य स्वयंसेविका र टोल सुधार संस्थाका प्रतिनिधिहरुलाई सरसफाइ, पानीको मुहान सरसफाइ र स्रोत संरक्षणको विषयमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले वडामा पानीको समस्या रहेको बताए । कहिले खडरीले पानीको मुहान सुक्ने त कहिले वर्षामा पानी फोहोर हुने गर्दा स्वच्छ खानेपानीको समस्या रहेको वडाध्यक्ष प्रजाले बताए । सचेतना तालिमपछि गाउँमा सरसफाइ र पानीको संरक्षणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
सहभागी ३२ जनालाई विभिन्न समूहमा विभाजन गरी सरसफाइ तथा पानीको विषयमा प्रश्नोत्तरसहित अन्तक्र्रिया गरिएको थियो । एचडिसिएस सामुदायिक विकास कार्यक्रमका वरिष्ठ प्रबन्धक टंक सुवेदीले सहभागीहरुलाई सरसफाइ र पानीका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रोजेक्ट इन्चार्ज निशा प्रजाले सहजीकरण गरेकी थिइन् । सो संस्थाले कालिका–१० र ११ मा विगत ६ वर्षदेखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा स्थानीय निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको इन्चार्ज प्रजाले बताइन् ।