बलेरोले पैदलयात्रीलाई ठक्कर दिँदा दुई युवती घाइते

केशव

जेष्ठ १७, २०८२

share this:

इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–३, कुरिनघाट पुलमा बलेरोले पैदलयात्रीलाई ठक्कर दिँदा दुई युवती घाइते भएका छन् ।

मुग्लिनबाट फिस्लिङतर्फ जाँदै गरेको लु २ च ८२८४ नम्बरको बलेरोले पैदलयात्री गोरखाको शहीद लखन गाउँपालिका वडा नं–४ बस्ने २४ वर्षीया रीना थापामगर र बलेरोमा सवार तनहुँको भानु नगरपालिका वडा नं–१० बस्ने २४ वर्षीया मनीषा गुरूङ घाइते भएका हुन् ।

गम्भीर घाइते पैदलयात्री थापामगरको नयाँ मडिकल कलेज (सिएमसी), भरतपुरमा र गुरूङको इच्छाकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बलेरो पुलबाट खसेर क्षतिग्रस्त भएको छ भने चालक भरतपुर–१६ बस्ने ३४ वर्षीय सुनिल विक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।