अटो दुर्घटनामा चालक घाइते

केशव

जेष्ठ २०, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–२, आँपटारीस्थित भित्री सडकखण्डमा अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

देवकोटा चोकबाट बाइपास हाइवेतर्फ निस्कने क्रममा ना २ ह ४७३ नम्बरको अटो अनियन्त्रित भई खानेपानीको धारामा ठोक्किँदा चालक मोरङ घर भई हाल भरतपुर–११, गणेशस्थान बस्ने ३५ वर्षीय शंकर सुब्बा घाइते भएका हुन् ।

घाइतेको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको र उपचारमा निजका साली २६ वर्षीया सीता दर्जी संलग्न रहेकी छन् । अटो वडा प्रहरी कार्यालय, नारायणगढको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।