मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन घाइते

केशव

असार १९, २०८२

share this:

राप्ती । राप्ती नगरपालिका वडा नं–१, पिप्लेमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

भण्डाराबाट लोथरतर्फ जाँदै गरेको ना २१ प ५४२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री राप्ती–१ बस्ने ६५ वर्षीय चन्द्रबहादुर विक, मोटरसाइकल चालक राप्ती–२, गड्यौली बस्ने २५ वर्षीय सरोज नेपाली र मोटरसाइकलपछाडि सवार मकवानपुरको राक्सिराङ–६ बस्ने ३२ वर्षीय उत्तम प्रजा चेपाङ घाइते भएका हुन् ।

तीनै जना घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र दुवै सवारीसाधन नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।