चितवनमा अन्य समयभन्दा साँझ बढी दुर्घटना
फाल्गुन ११, २०८१
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–१०, त्रिनेत्र पेट्रोल पम्पअगाडि पूर्व–पश्चिम सडकखण्डमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख ३२७४ नम्बरको खाली ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ६३३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रत्ननगर–९ बस्ने २३ वर्षीय सन्जित दराई र स्कुटरपछाडि सवार सोही ठाउँ बस्ने १८ वर्षीय क्षितिज पन्जियार घाइते भएका हुन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुवै सवारीसाधन र ट्रक चालक बाराको निजगढ नगरपालिका वडा नं–११ बस्ने ३८ वर्षीय सुकबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय रतननगरले नियन्त्रणमा लिएको जनाएको छ ।