रत्ननगरमा ‘टोल–टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना’ अभियान
असार १, २०८२
इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–६ स्थित पाँचकिलोमा लागूऔषध गाँजासहित दुई महिला पक्राउ परेका छन् ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले इच्छाकामना–६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरुङ र सोही ठाउँ बस्ने ५० वर्षीया रुककुमारी क्षेत्रीको घरमा खान तलासी गर्दा लागूऔषध गाँजा फेला परेको हो । प्रहरीका अनुसार गुरुङको घरबाट दुई किलो ७०० ग्राम र क्षत्रीको घरबाट २२६ ग्राम लागूऔषध बरामद गरिएको हो ।
लागूऔषध गाँजाको रीतपूर्वक मुचुल्कापश्चात् दुवै महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।